Logo

कोरोनाका भाईरस छालामा ९ घण्टासम्म जीवित रहने नयाँ अध्ययनको निष्कर्ष, यसरी १५ सेकेन्डमै निस्तेज गर्न सकिने

कोरोनाका भाईरस छालामा ९ घण्टासम्म जीवित रहने नयाँ अध्ययनको निष्कर्ष, यसरी १५ सेकेन्डमै निस्तेज गर्न सकिने



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सम्बन्धमा गरिएको एक नयाँ अध्ययनले कोरोना भाईरस विभिन्न सर्फेसमा कति समयसम्म जीवित रहन्छ भन्ने निष्कर्र्ष निकालेको छ । उक्त नयाँ अध्ययनको निष्कर्षअनुसार मानिसको छालमा कति समयसम्म भाईरस रहनसक्छ भन्ने पुष्टि भएको बताइएको छ ।

उक्त अध्ययनको निष्कर्षअनुसार मानिसको शरिरमा कोरोनाका भाईरसहरु ९ घण्टासम्म रहन्छन । अध्ययनअनुसार मानिसको शरिरमा अन्य रोगका भाईरसहरुका तुलनामा कोरोना भाइरस बढी समय रहने पत्ता लागेको हो । तर मानिसको छालामा रहने त्यस्ता भाईरसहरुलाई ८० प्रतिशत ईथानोल भएको सेनिटाईजरले शुद्धीकरण गर्दा १५ सेकेन्डमै निष्क्रिय हुनेसमेत पत्ता लागेको छ ।

मानिसको छालामा ९ घण्टासम्म जिवित रहने कोरोना भाईरसको प्रकोप भने धेरै हुनसक्ने विज्ञहरु बताउँछन् । जसका कारण एक व्यक्तिबाट अर्काे व्यक्तिमा भाईरस सर्ने प्रक्रिया पनि चाँडोभन्दा चाँडो र एकैपटक धेरै व्यक्तिमा हुने सम्भावना रहन्छ । त,र हाम्रो हातको छालामा रहेका भाईसरलाई ह्याण्ड सेनिटाईजरको प्रयोग गरी निस्तेज पार्न सकिन्छ ।

अमेरिकास्थित सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले मानिसहरुलाई कोरोना भाईरसको फैलावटलाई नियन्त्रण गर्नका लागि साबुनपानीले हात धुन सिफारिस गरेको छ । तर, पानी र साबुन नभएको खण्डमा ६० प्रतिशतसम्म अल्कोहलको मात्रा भएको कुनैपनि तरल पदार्थले सफा गर्न सकिने बताइएको छ । विभिन्न एजेन्सीका अनुसार हातमा सेनिटाईजर राखेर हातभरि लगाएर सुक्खा नहुँदासम्म अर्थात २० सेकेण्डसम्म रगड्नुपर्दछ । – याहुहेल्थबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL