Logo

काठमाडौंका विभिन्न स्थानमा आज ६ घण्टासम्म बत्ती जाने, यस्तो छ कारण

काठमाडौंका विभिन्न स्थानमा आज ६ घण्टासम्म बत्ती जाने, यस्तो छ कारण



काठमाडौं । आज काठमाडौंका केही स्थानमा ६ घण्टा बत्ती जाने भएको छ । जोरपाटी वितरण केन्द्र अन्तर्गत मूलपानी रिंगमेन लाइन र मूलपानी स्विचिङबाट सञ्चालित मूलपानी, गोठाटार, डाँछी र साँखु फिडर अन्तर्गतका लाइनमा जोडिएका रुखका हाँगाबिँगा काट्नुपर्ने भएकाले काठमाडौंका केही स्थानहरुमा ६ घण्टा बत्ती जाने भएको हो ।

नेपाल विद्युत प्राधिकरणका अनुसार मूलपानी, काँडाघारी, सनसिटी, गोठाटार, ग्रिनहिल सिटी, थली, डाँछी, भद्रवास आलापोट, गागलफेदी, इन्द्रायणी, साँखु, लप्सीफेदी, नांग्लेभारे र जरसिंहपौवा आसपासका क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बिजुली आपूर्ति रोक्न लागिएको हो ।

तोकिएको समयभन्दा अगाडिनै काम सकिए छिट्टै विद्युत दिने पनि प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL