Logo

आजै २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि हुँदा नेपालमा संक्रमितको संख्या १ लाख नाघ्यो, मृत्यु हुनेको संख्या ६ सय

आजै २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि हुँदा नेपालमा संक्रमितको संख्या १ लाख नाघ्यो, मृत्यु हुनेको संख्या ६ सय



काठमाडौं । नेपालमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या पनि ६ सय पुगेको छ। पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोनाबाट मृत्यु भएपछि मृत्यु हुनेको संख्या ६ सय पुगेको हो।

त्यस्तै कोरोनाबाट निको हुनेको संख्या ७३ हजार २३ पुगेको छ। पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ८० जना कोरोनाबाट मुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

हाल देशभर सक्रिय संक्रमित २७ हजार ५३ रहेका छन्। पछिल्लो २४ घण्टामा थप १३ हजार २ सय ७९ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ११ लाख ४५ हजार जनाको पिसिआर परीक्षण भएको छ।

प्रतिक्रिया दिनुहोस्