Logo

सुनको मूल्य प्रतितोला ९ सयले उकालो लाग्यो, चाँदीको मूल्य पनि बढ्यो

सुनको मूल्य प्रतितोला ९ सयले उकालो लाग्यो, चाँदीको मूल्य पनि बढ्यो



काठमाडौं । पछिल्लो समय लगातार घटबढ भईरहेको सुनको मूल्य शुक्रबार उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले उकालो लागेको हो ।

बिहीबार प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य शुक्रबार घट्दै प्रतितोला ९४ हजार ८ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले उकालो लागेको छ । बिहीबार प्रतितोला १ हजार १ सय ८० रुपैयाँमा कारोबार भईरहेको चाँदी शुक्रबार बढेर १ हजार १ सय ९५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्