Logo

कुलेखानीको नियमित विद्युत उत्पादनलाई नघटाइने, चाडपर्वलाई ध्यानमा राखेर १०६ मेगावाटलाई नै निरन्तरता

कुलेखानीको नियमित विद्युत उत्पादनलाई नघटाइने, चाडपर्वलाई ध्यानमा राखेर १०६ मेगावाटलाई नै निरन्तरता



काठमाडौं। चाडपर्वलाई ध्यानमा राखी कुलेखानी जलविद्युत आयोजनाबाट नियमित उत्पादन हुँदै आएको दैनिक १०६ मेगावाट विद्युतलाई निरन्तरता दिइने भएको छ ।

चाडपर्वमा उपभोक्ताको बढ्दो मागलाई ध्यानमा राखेर १०६ मेगावाट विद्युत उत्पादनलाई निरन्तरता दिइने कुलेखानी जलविद्युत प्रथम आयोजनाले जनाएको छ । वाग्मती प्रदेशको मकवानपुरमा स्थापित सो आयोजनाको कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी कूल १०६ मेगावाट विद्युत नियमित उत्पादन हुँदै आएको छ ।

नेपाल विद्युत प्राधिकरणको निर्देशनानुसार, आयोजनाको नियमित विद्युत उत्पादनलाई निरन्तरता दिइने कुलेखानी प्रथम आयोजनाका प्रमुख धीरेन्द्र चौधरीले बताए । नेपाल विद्युत प्राधिकरणले मौसम अनुसारको विद्युतमा खपत घटबढ् भइरहने हुँदा उत्पादनमा कटौती हुने गरेकाले अबदेखि पूर्ण क्षमता अनुसार विद्युत उत्पादन हुने पनि आयोजना प्रमुख चौधरीले जानकारी दिए ।

मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकास्थित इन्द्रसरोवर जलाशयमा असोज असोज २२ गते अपराह्न ३ बजेसम्ममा १५२६.५६ सेन्टीमिटर पानीको सतह रहेको भएपनि करिब ७ किलोमिटर लामो जलाशयमा अझै पाँच मिटर उचाइको पानी भर्न बाँकी रहेको कुलेखानी जलविद्युत नियन्त्रण कक्षका प्राविधिक रामकुमार चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL