Logo

बिहीबार हालसम्मकै धेरै ४३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

बिहीबार हालसम्मकै धेरै ४३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु



काठमाडौं । बिहीबार नेपालमा थप ४ हजार ३ सय ६४ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ९८ हजार ६ सय १७ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार ६ सय ७५ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७१ हजार ३ सय ४३ पुगेको छ। देशभर हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोनाका कारण मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको छ।

प्रतिक्रिया दिनुहोस्