Logo

सुनको मूल्यमा सामान्य गिरावट, प्रतितोला ९३ हजार ९ सयमा कारोबार हुँदैं

सुनको मूल्यमा सामान्य गिरावट, प्रतितोला ९३ हजार ९ सयमा कारोबार हुँदैं



काठमाडौं । नेपाली बजारमा विहिबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मुल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ सयले घटेर प्रतितोला ९३ हजार ९ सयमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार सुन तोलाको ९४ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै विहिबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ४ सयमा कारोबार भइरहेको छ ।

त्यसैगरी विहिबार चाँदीको मूल्य तोलामा ५ रुपैयाले बढेर तोलाको ११ सय ८० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL