Logo

बाँचे दशैंको आर्शीवाद अर्को वर्ष लिउँला भन्दै सरकारका प्रवक्ताले भने-दशैंमा घर नजाऔं

बाँचे दशैंको आर्शीवाद अर्को वर्ष लिउँला भन्दै सरकारका प्रवक्ताले भने-दशैंमा घर नजाऔं



कठमाडौं । सरकारले दशैँमा सकभर उपत्यका बाहिर नजान आग्रह गरेको छ । सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले बुधबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अहिले देशभरको संक्रमित भन्दा उपत्यकामा बढी देखिएको भन्दै सरकारले दशैँमा घर बाहिर नजान आग्रह गरे ।

प्रवक्ता ज्ञवालीले दशैमा धेरै मुभमेन्ट हुने भन्दै सर्तक रहन आग्रह गरे । ज्ञवालीले दिनदिनै काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढेको भन्दै घरमै रहन र सुरक्षाको उपाय अपनाउन अनुरोध गरे ।

उनले दशैँ भनेर भीडभाडमा नजान र सुरक्षा सर्तकर्ता अपनाउन आग्रह गर्दै भने–‘बाँचे दशैंको आर्शिवाद अर्को वर्ष लिउँला । राजधानीमा कोरोनाको जोखिम बढेको छ घर बाहिर सकेसम्म ननिस्कौं ।’

उनले उपत्यका बाहिर देशभर संक्रमण नियन्त्रणतर्फ रहेको भन्दै उपत्यका भयावह तिर उन्मुख रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL