Logo

मंगलबार १५ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि हुँदा २३ सय ४० डिस्चार्ज, ९ जनाको मृत्यु

मंगलबार १५ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि हुँदा २३ सय ४० डिस्चार्ज, ९ जनाको मृत्यु



काठमाडौं । मंगलबार थप १ हजार ५ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ९० हजार ८ सय १४ पुगेको छ।

यस्तै आजै २ हजार ३ सय ४० जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ६७ हजार ५ सय ४२ पुगेको मन्त्रालयले जानकारी दिएको छ । देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ७ सय ९ रहेको छ।

मंगलबार थप ९ जनाको कोरोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ६३ पुगेको छ। पछिल्लो २४ घण्टामा ११ हजार बढीको पिसिआर परीक्षण भएको छ।

प्रतिक्रिया दिनुहोस्