Logo

एनआईसी एशिया रेमिटको चाडपर्व योजना, दोस्रोपटक रकम पठाउँदा पैसा नलाग्ने

एनआईसी एशिया रेमिटको चाडपर्व योजना, दोस्रोपटक रकम पठाउँदा पैसा नलाग्ने



काठमाडौं । एनआईसी एशिया रेमिटले दशैं, भाइटीका, नेपाल संवत् र छठपर्व लक्षित निःशुल्क आन्तरिक रेमिट्यान्स योजना सार्वजनिक गरेको छ । कम्पनीले मंगलबार एक कार्यक्रमका बीच उक्त योजना सार्वजनिक गरेको हो ।

कम्पनीको उक्त योजनाअनुसार देशभित्र एक ठाउँबाट अर्काे ठाउँमा रकम पठाउदा दोस्रो पटक निःशुल्क रुपमा रकम पठाउन सकिनेछ । अर्थात् सेवाग्राहीहरूले पहिलोपटक रकम पठाउदा शुल्क लागेपनि दोस्रो पटकमा शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।

यो योजनाबाट बैंकका ग्राहकहरुका साथै अन्य महानुभावहरुले पनि लाभ उठाउन सक्ने कम्पनीले जानकारी दिएको छ ।

उक्त विप्रेषण रकम यस एनआईसी एशिया बैंकका मुलुकभर फैलिएका ३ सय २६ शाखा कार्यालय, १ सय ३ वटा विस्तारित काउण्टर, ६४ वटा शाखारहित बैंकिङ इकाई एवं १० हजारभन्दा बढी सहायक प्रतिनिधिहरूमार्फत् बिना झन्झट तुरुन्त रकम प्राप्त गर्न सकिन्छ ।

२०७७ आश्विन २० देखि २०७७ मंसिर ५ गतेसम्म लागू हुने उक्त योजनाबाट चाडपर्वको समयमा ग्राहकहरुले देशका अन्य बैंक तथा वित्तीय संस्थाहरूभन्दा बढी शाखा सञ्जाल भएको एनआईसी एशिया बैंकमार्फत् सहज एवं सरल रुपमा रकम पठाउन र प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL