Logo

कालीमाटीका व्यापारीले यस्तोसम्म गरे, म्याद सकिएका खाद्यबस्तुको प्याकमा भएको मिति हातले मेटेर नयाँ मिति राखेर विक्रि

कालीमाटीका व्यापारीले यस्तोसम्म गरे, म्याद सकिएका खाद्यबस्तुको प्याकमा भएको मिति हातले मेटेर नयाँ मिति राखेर विक्रि



काठमाडौं । प्याकेटमा राखेर बजारमा विक्री हुने खाद्यबस्तुको उपभोग्य अवधि लेखिएका अक्षर हातैले मेटिने गरेको पाईएको छ । मंगलबार बिहान कालीमाटी क्षेत्रका खाद्य स्टोरहरुमा गरिएको अनुगमनका क्रममा १ दर्जन बढी प्रकारका खाद्य बस्तुमा यस्तो समस्या देखिएको हो ।

काठमाडौं महानगरपालिकाकाबाट खटिएको अनुगमन टोली कालीमाटीबाट बल्खुतर्फ लाग्दा प्रहरी चौकी नजिकै शिवज्योती पतञ्जली आयुर्वेद सेवा केन्द्र छ । केन्द्रमा निम्बसले मार्केटिङ् गरेको व्यञ्जन व्राण्डका सामान थिए ।

तीमध्ये पोलिस नगरिएको लेखिएका १ केजी तौलका ९ वटा कालो दालका प्याकेट र ९ प्याकेट नै पापड थियो । ती सबैमा लेखिएको मिति हातले सजिलै मेटियो । यी सामानसँगै लेवल नराखिएको जौको सातु १० प्याकेट र चिप्स ३१ प्याकेट उक्त टोलीले बरामद गरेको छ ।

समस्या शिवज्योतीमा मात्र होइन । त्यसै क्षेत्रको आयुषा खाद्य स्टोरले बेचेको टमाटो ससमा पनि उपभोग्य मिति मेटेर फेरि लेखिएको जस्तो भेटियो । बट्टा कुच्चिएका र पुराना थिए । अनुगमन टोलीले १ बट्टा नमूना परीक्षणका लागि लियो भने १३ वट्टा बिक्रीका लागि रोक लगायो ।

त्यस क्षेत्रमा खुल्ला बोरामा हालेर खाद्य बस्तु बेच्न राख्ने गरिएको छ । कसैले प्याकेजिङ् गर्ने गरेका छन् तर खाद्य अनुज्ञा पत्र लिएका छैनन् । सामान कसले पठायो ? उनीहरुले बिल किन दिएनन् ?, सामान बिग्रिए कसलाई फिर्ता गर्नुहुन्छलगायतका प्रस्न सोद्धा उत्तर नआएको टोलीका एक सदस्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL