Logo

मंगलबार प्रतितोला ८ सय रुपैयाँले उकालो लाग्यो सुनको मूल्य, चाँदीको मूल्य पनि बढ्यो

मंगलबार प्रतितोला ८ सय रुपैयाँले उकालो लाग्यो सुनको मूल्य, चाँदीको मूल्य पनि बढ्यो



काठमाडौं । पछिल्लो समय उच्च उत्तारचढावमा रहेको सुनको मूल्य मंगलबार भने बढेको छ । मंगलबार सुनको मूल्य सोमवारको तुलनामा प्रतितोला ८ सय रुपैयाँले उकालो लागेको हो । सोमबार प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा पुगेको हो ।

यस्तै मंगलबार चाँदीको मूल्य पनि प्रतितोला २० रुपेइाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ हजार १ सय ८० रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य मंगलबार बढ्दै १२ रुपैयाँ प्रतितोला पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्