Logo

सोमबार थप २ हजार २४० जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा मात्रै १५३१ संक्रमित थपिए

सोमबार थप २ हजार २४० जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा मात्रै १५३१ संक्रमित थपिए



काठमाडौं । सोमबार नेपालमा थप २ हजार २ सय ४० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ८९ हजार २ सय ६३ पुगेको छ।

यस्तै आज १ हजार १ सय ३३ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ६५ हजार २ सय २ पुगेको छ। साथै आज देशभर सक्रिय संक्रमितको संख्या २३ हजार ५ सय ७ रहेको छ। पछिल्लो २४ घण्टामा मृतक थप १९ जनामा कोरोना पुष्टि भएको छ।

यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ५४ पुगेको छ। आज ३ हजार ७ सय ८१ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ। नयाँ संक्रमित मध्ये १५३१ उपत्यकाका छन् ।

प्रतिक्रिया दिनुहोस्