Logo

कन्ट्याक्ट ट्रेसिङ के हो ?, कोरोना पत्ता लगाउन यसले कसरी काम गर्छ ?

कन्ट्याक्ट ट्रेसिङ के हो ?, कोरोना पत्ता लगाउन यसले कसरी काम गर्छ ?



काठमाडौं । कोरोना संक्रमण (कोभिड–१९) को महामारी विश्वव्यापी बनेसँर्गै ‘कन्ट्याक्ट ट्रेसिङ’ पछिल्लो समय सबैले सुनेको शब्द हुनुपर्छ । तर, धेरैलाई कन्ट्याक्ट ट्रेसिङ के हो भन्नेबारे जानकारी नभएको देखिन्छ । कोरोना संक्रमितसँग सम्बन्धित मानिसहरुलाई अन्य व्यक्तिको सम्पर्कमा नजान र घुलमिल नगराउने लक्ष्यसहित गरिने एक कार्यलाई कन्ट्याक्ट ट्रेसिङ भनिन्छ ।

कुनै मानिसले समाजमा, समुदायमा नै भाईरस फैलाउनसक्ने सम्भावना भएको खण्डमा मानिसहरुलाई होसिया। बनाउनका लागि यसको प्रयोग गरिन्छ ।
तर विज्ञहरुका अनुसार कन्ट्याक्ट ट्रेसिङ भनेको मानिसहरुबाट अन्य मानिसमा संक्रमण फैलने दर घटाउने र कुनै स्थानलाई पुनः खोल्न मद्धत पुर्याउने उपाय हो । तर यसको प्रक्रिया भने त्यति सजिलो छैन ।

कुनै एक व्यक्तिलाई भाईरस संक्रमण भएको खण्डमा उसँग सम्बन्धित मानिसहरु र उ गएको स्थानहरुको बारेमा जानकारी लिनुलाई पनि कन्ट्याक्ट ट्रेसिङको संज्ञा दिन सकिन्छ ।

यस्तै अर्को क्लोज कन्ट्याक्ट । यसको अर्थ कुनै संक्रमित व्यक्तिसँग कुनै मानिस ६ फिटभन्दा नजिक र १० मिनेटको आसपासमा हुनु । यस्ता मानिसहरुले भने आईसोलेसनमा बस्ने, र जाँच गराउनुपर्ने हुन्छ । यस्तै उनीहरुमा लक्षण देखिएको खण्डमा ट्रेसिङलाई पुनः विस्तृत ढंगले सुरुवात गर्नुपर्छ ।

कन्ट्याक्ट ट्रेसिङलाई विभिन्न देशमा विभिन्न प्रक्रियाले गर्ने गरिन्छ । तर कन्ट्याक्ट ट्रेसिङको सुरुवात भने संक्रमितको परिवार, साथीहरु, उ गएको होटल, रेष्टुरेन्ट वा बारलाई प्राथमिकतामा राखेर गरिनुपर्छ भन्ने मान्यता छ। एपीबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL