Logo

सामान्य, मौसमी फ्लु र कोरोना संक्रमणका लक्षणमा कस्तो फरक हुन्छ ? जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डेका सुझावहरु

सामान्य, मौसमी फ्लु र कोरोना संक्रमणका लक्षणमा कस्तो फरक हुन्छ ? जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डेका सुझावहरु



काठमाडौँ । अहिले मौसम परिवर्तनको समय हो | यो समयमा प्रत्येक बर्ष रुघाखोकी लागिरहेको थियो | कोरोना संक्रमण समुदायमा फैलिएको बर्तमान अवस्थामा रुघाखोकी लाग्दा पनि कोरोना संक्रमण भयो कि भनेर त्रसित हुनेको संख्या धेरै छ |

मौसमी रुघाखोकीका लक्षण –
– नाकबाट पानी आउने
– नाक बन्द हुने
– हाच्छ्युं आउने
– शरीर दुख्ने
– हल्का ज्वरो आउने
– टाउको दुख्ने
– शरीर दुख्ने
– सामान्य उपचार तथा आरामले फाइदा गर्ने
– छोंटो समयमा निको हुने
– अस्पताल भर्ना हुनुपर्ने अवस्था प्रायः नआउने

कोरोना संक्रमणका लक्षण

– उच्च ज्वरो आउने
– सुख्खा खोकी लाग्ने
– एकदम थकाइ लाग्ने
– सास फेर्न गाह्रो हुने
– स्वाद वा / र गन्ध थाहा नहुने
– घांटी खसखस गर्ने / बोलि परिवर्तन हुने
– खाना नरुच्ने
– निको हुन १० दिन लाग्न सक्ने
– अक्सिजन / आइसीयुको उपचार आबश्यक पर्न सक्ने
.

यी दुवै रोग एक व्यक्तिबाट अर्कोमा सर्ने भएको हुँदा छुट्टै कोठामा बस्ने, आफुले प्रयोग गरेका सामान अरुलाई प्रयोग गर्न नदिने | तापक्रम, अक्सिजन हेरिरहने | आवश्यक परे पिसिआर टेस्ट गर्ने | चिकित्सकको सल्लाह बमोजिम उपचार गर्ने |

प्रतिक्रिया दिनुहोस्
MBL