Logo

आइतबार सुन–चाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ आज कारोबार ?

आइतबार सुन–चाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ आज कारोबार ?



काठमाडौँ । आइतबार सुन चाँदीको मुल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ सयले बढेर प्रतितोला ९४ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार सुन तोलाको ९४ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९४ हजारमा कारोबार भइरहेको छ ।

त्यसैगरी आइतबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर तोलाको ११ सय ८० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL