Logo

प्रधानमन्त्रीका ४ सल्लाहकारमा कोरोना संक्रमण पुष्टि, प्रधानमन्त्रीको पनि स्वाब परिक्षण गरिँदै

प्रधानमन्त्रीका ४ सल्लाहकारमा कोरोना संक्रमण पुष्टि, प्रधानमन्त्रीको पनि स्वाब परिक्षण गरिँदै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका चार जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको प्रधानमन्त्री सचिवालय निकट स्रोतले जानकारी दियो । स्रोतका अनुसार उनीहरुको शुक्रबार स्वाब संकलन गरिएको थियो ।

सचिवालयका ४ जनामा संक्रमण भेटिएसँग अब प्रधानमन्त्रीको समेत स्वाव परिक्षण गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL