Logo

पचास प्रतिशत कोरोना संक्रमित लक्षणविहिन हुने निष्कर्ष गलत, नयाँ अध्ययनको दाबी-सबै संक्रमितमा समयक्रममा लक्षण देखिन्छ

पचास प्रतिशत कोरोना संक्रमित लक्षणविहिन हुने निष्कर्ष गलत, नयाँ अध्ययनको दाबी-सबै संक्रमितमा समयक्रममा लक्षण देखिन्छ



काठमाडौं । कोरोना संक्रमण (कोभिड–१९)सम्बन्धी अनुसन्धानले एक नयाँ तथ्य पत्ता लगाएको छ । पीएलओएस मेडिसिनले हालै गरेको एक अध्ययनअनुसार ५० प्रतिशत कोरोना भाईरस संक्रमितहरु लक्षणविहिन भएको भनिएका प्रमाण यथार्थ नभएको उल्लेख गरेको छ । उक्त अध्ययनका अनुसार ५ जना संक्रमितमध्ये ४ जनामा कोरोना भाईरसको लक्षण देखिने हुन्छ ।

स्वीजरल्याण्डस्थित बर्न विश्वविद्यालयका अनुसन्धाताहरुले गत मार्चदेखि पीसीआर टेस्ट गराएर संक्रमण पुष्टि भएका विरामीहरुमा अध्ययन गरेका थिए । उक्त अध्ययनमा विभिन्न ६ हजार ६ सय १६ जनामा ७९ ओटा अध्ययन गरिएको थियो । जसमध्ये २० प्रतिशतमा मात्रै लक्षणविहिन कोरोना भाईरस पोजेटिभ देखिएको थियो । अर्थात प्रत्येक ५ जनामध्ये ४ जनामा लक्षणविहिन भाईरस संक्रमण पुष्टि भएको थियो ।

अध्ययन परिक्षणमा पोजेटिभ देखिनेबेला लक्षण नदेखिएका र कहिल्यै लक्षण नदेखिएका संक्रमितबीच अध्ययन गरिएको थियो । जसमा लक्षण देखिएका संक्रमितलाई गलत तरिकाले वर्गीकरण गरिएको थियो तर उनीहरुलाई पुनः पछि पनि लक्षण देखिने गरेको थियो । तर, समग्रमा सबै कोरोना संक्रमितहरुलाई कालान्तरमा लक्षण देखिन्छ ।

सबै संक्रमितलाई कुनै न कुनै बेला लक्षण देखिने अनुसन्धाताहरु बताउँछन् । तर यसको रोकथामका लागि आईसोलेसन, सामाजिक दुरी, सेनिटाईजर, मास्क, टेस्टीङलगायतमा विशेष ध्यान पुर्याईरहनुपर्नेमा उनीहरुको जोड छ ।

यस्तै अनसन्धाताहरुले कुनैपनि लक्षण नदेखिए आफुलाई कोरोना भएको छैन भन्दै ढुक्क हुनुपर्ने अवस्था नभएको बताउँछन् । तर, सबै जनाले कोरोनाको परिक्षण गरी यसको रोकथामका लागि लाग्नुपर्ने उनीहरुको निष्कर्ष छ । – याहुहेल्थबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL