Logo

नाकाबन्दी विरुद्ध ट्रिपर व्यवसायीको विरोध ¥याली, मधेसी नेतालाई सचेत हुन आग्रह

नाकाबन्दी विरुद्ध ट्रिपर व्यवसायीको विरोध ¥याली, मधेसी नेतालाई सचेत हुन आग्रह


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

भारतले लगाएको अघोषित नाकाबन्दी खुलाउन माग गर्दै नेपाल ट्रिपर तथा ट्रक व्यवसायीहरुले विरोध ¥याली गरेका छन् । उनीहरुले नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति ढुंगेअड्डाबाट नेपाली झण्डासहित शुरु भएको ¥याली कलंकी चोक हुँदै पुन ढुंगेअड्डातर्फ आएर समापन गरिएको थियो ।

tipper-realy

 

राजेन्द्र महतो लगायतका केहि मधेसी नेताले मधेसी जनतामा भ्रम फैलाएर नेपालमा अघोषित नाकाबन्दी गराउन भारतलाई उक्साएको आरोप लगाएका छन् । नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिका अध्यक्ष कृष्णप्रसाद पन्तले नेपालको आन्तरिक मामलामा भारतको हस्तक्षेप गैरकानुनी भएको बताएका थिए । ‘अहिलेका प्रमुख राजनीतिक दलका नेताहरुले भारतसामु घुँडा नटेकी संबिधान जारी गरेर राम्रो काम गरेका छन्,’ उलने भने, ‘अव अनावश्यक आन्दोलन गर्ने मधेसी नेता राजेन्द्र महतोको दानापानी बन्द गराउन लागिपर्ने छौं ।’

कार्यक्रममा प्रमुख सल्लाहकार हरि डल्लाकोटीले नेपालमा भईरहेको अघोषित नाकाबन्दी भारतको सुरक्षासंग पनि सम्बन्धित रहेको बताए । नेपालीले नै भारतको नाका नाकामा सुरक्षा दिईरहेको बताउँदै नेपालीलाई कमजोर नआँक्न चेतावनी दिए । ‘नेपालीमाथि भईरहेको अन्तर्राष्ट्रिय अपराध रोक्न भारत सरकारले सहयोग गर्नुपर्छ,’ उनले भने, ‘ नेपाली जनता अहिलेपनि भारतको नाकाको सुरक्षा गरिराखेका छन् भने नागाल्याण्ड र काश्मिरको सुरक्षा पनि नेपालीकै भरमा छ । यसलाई भारतले ख्याल हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्