Logo

शुक्रबार २ हजार ७२२ जनामा कोरोना संक्रमण पुष्टि, ३ हजार ३०७ जना संक्रमणमुक्त

शुक्रबार २ हजार ७२२ जनामा कोरोना संक्रमण पुष्टि, ३ हजार ३०७ जना संक्रमणमुक्त



काठमाडौं । शुक्रबार देशभर २ हजार ७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा एकै दिनमा यती धेरै संक्रमित थपिएको यो पहिलोपल्ट हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ८२ हजार ४ सय ५० पुगेको छ।
पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ७ जना कोरोनाबाट निको भएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको संख्या ६० हजार ६ सय ९६ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २ सय ३४ रहेको छ। यस अवधिमा मृतक थप ११ जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय २० पुगेको छ। पछिल्लो २४ घण्टामा १४ हजार ७ सय ३९ जनाको पिसिआर परीक्षण भएको छ।

प्रतिक्रिया दिनुहोस्