Logo

स्वास्थ्य मन्त्रीले व्यवसायीलाई भने : अब अर्थतन्त्र चलायमान बनाउन भएपनि लकडाउन गरिँदैन, अन्य विकल्प रोजिन्छ

स्वास्थ्य मन्त्रीले व्यवसायीलाई भने : अब अर्थतन्त्र चलायमान बनाउन भएपनि लकडाउन गरिँदैन, अन्य विकल्प रोजिन्छ



काठमाडौं । सरकारले २५ हजार जना सक्रिय संक्रमित पुगेसँगै लकडाउन नगर्ने भएको छ । शुक्रबार राष्ट्रिय व्यावसायिक पहल (एनबीआई)को एक प्रतिनिधिमण्डसँगको भेटमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले लकडाउन नगर्ने बताएका हुन् ।

२५ हजार सक्रिय संक्रमित पुगेसँगै लकडाउन गर्ने सूचना पाएपछि आत्तिएका व्यवसायीले शुक्रबार स्वास्थ्य मन्त्री भेटेका हुन् । कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री ढकालले उनले कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई चलाएमान बनाईराख्न लकडाउन नै विकल्प नभएको बताएका हुन् । उनका अनुसार अबको बाटो लकडाउनको नभई अन्य विकल्प अपनाउने बताएका हुन् । उनले लकडाउन गर्ने भनी आएका समाचारहरुमा सत्यता नभएको भन्दै सबै निकायसँगको सहकार्यमा अन्य विकल्पमा जाने बताएका हुन् ।

उनिहरुले मन्त्रीसँगको भेटमा पुनः लकडाउन नदोहोर्याउन अपिल गरेका थिए । एनबीआईको प्रतिनिधिमण्डलमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष एवं राष्ट्रिय व्यवसायिक पहलका महासचिव सुरेन्द्रवीर मालाकार, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष एवं राष्ट्रिय व्यवसायिक पहलका कोषाध्यक्ष दीपक मलहोत्रा, रेष्टुरेन्ट तथा वार एशोसिएसन नेपालका अध्यक्ष अरनिको राजभण्डारी एवं होटल एशोसिएसन नेपालका प्रमुख कार्यकारी अधिकृतको उपस्थिति रहेको थियो ।

भेटघाटमा कोरोना संक्रमण न्युनीकरणमा निजी क्षेत्रले गरेको प्रयास र सरकारको भूमिका सम्वन्धमा समेत छलफल भएको थियो । पहलका अध्यक्ष कुशकुमार जोशीले कोरोना महामारी नियन्त्रणको लागि सरकारले जारी गरेको ६ महिना भन्दा लामो लकडाउनका कारण सम्पूर्ण व्यवसायिक क्षेत्र धराशायी भएको बताउँदै मुलुकले अब थप अनिश्चितकालिन बन्द थेग्न नसक्ने भन्दै यसको विकल्पमा ध्यान दिन सरकारसंग आग्रह गरेका छन् ।

सरकारले लकडाउन खुकुलो पारेसँगै विस्तारै अर्थतन्त्रले गति लिन शुरु गरेको बताउँदै कोभिडले निम्त्याउन सक्ने जोखिम समाजमा केहि वर्षसम्म रहन सक्ने विज्ञहरुले अनुमान गरेकाले सम्भावित जोखिम न्युनीकरण गरी व्यवसायिक क्रियाकलापलाई सुरक्षित एव वैज्ञानिक रुपमा सञ्चालन गर्न निजी क्षेत्र प्रतिवद्ध छ र यसमा सरकारको ठोस सहयोगको आवश्यकता रहेको उनको भनाई थियो ।
मुलुकको सामाजिक तथा आर्थिक क्षेत्र थप धरायसी हुन नदिन अर्थतन्त्र लाई चलायमान बनाउनुपर्नेमा शुरुवाती चरण देखिनै पहलले जोड दिदै आएको उनले बताए । उनका अनुसार व्यवसाय क्षेत्रलाई धाराशायी हुन नदिन सरकारले नै विभिन्न मापदण्ड बनाई सोहीअनुसार अगाडी बढाउनुपर्छ । तर सरकारले लागु गरेको स्वास्थ्य प्रोटोकलको पालना भएनभएको अनुगमन भने गर्नुपर्ने उनको भनाई थियो ।

भेटघाटमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले विप्रेषणमा आधारित नेपाली अर्थतन्त्र, पर्यटन क्षेत्र, सेवा व्यापार, यातायात क्षेत्र, निर्यात व्यापार रोजगारी कटौती लगायतलाई पुनर्उत्थानका कार्यक्रम ल्याई अघि बढ्नुपर्ने बताए । उनले साना, मध्यम तथा ठुला सवै खालका व्यवसाय धरासायी भएको वताउदै समग्र अर्थतन्त्रको सुक्ष्म अध्ययन गरी अर्थतन्त्रलाई जोगाउन अल्पकालिन तथा दिर्घकालिन योजना ल्याउन समेत आग्रह गरेका छन ।

पहलका महासचिव सुरेन्द्रवीर कलाकार विभिन्न समस्याकाबीच अघि बढिरहेको नेपालको औद्योगिक व्यवसायिक क्षेत्रमा कोभिडले थप नयाँ गम्भिर चुनौति सिर्जना गरेको बताउदै यसको समाधानमा सरकार तथा निजी क्षेत्रको ठोस सहकार्यको आवश्यकता औंल्याए ।

प्रतिक्रिया दिनुहोस्
MBL