Logo

शुक्रबार पनि प्रतितोला २ सयले ओरालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

शुक्रबार पनि प्रतितोला २ सयले ओरालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य शुक्रबार पनि घटेको छ । बिहिबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा २ सयले घटेको हो । सुनको मूल्य बिहिबार पनि प्रतितोला २ सय रुपैयाँले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ८ रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ७५ रुपैयाँ रहेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्