काठमाडौं सर्वोच्च अदालतले पीसीआर परीक्षणमा शुल्क लिन बन्द गर्न माग गर्दै दायर रिटमा परमादेश जारी गरेको छ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो ।
पीसीआर परीक्षण निःशुल्क हुनुपर्छ भनी अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले परमादेश माग गर्दै रिट दायर गरेका थिए । अन्तरिम आदेश दिने कि नदिने भन्नेबारेकै सुनुवाइमा अंग पुगेकाले सर्वोच्चले अन्तिम आदेश जारी गरेको हो ।