Logo

बिहीबार थपिए कोरोनाका १९११ जना संक्रमित, ११ जनाको मृत्यु

बिहीबार थपिए कोरोनाका १९११ जना संक्रमित, ११ जनाको मृत्यु



काठमाडौं । बिहीबार देशभर थप १ हजार ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ७९ हजार ७ सय २८ पुगेको छ।

त्यस्तै यस अवधिमा ९ सय ६१ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ५७ हजार ३ सय ८९ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ८ सय ३० रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा मृतक ११ जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म मृत्यु हुनेको संख्या ५ सय ९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्