Logo

आइएमई जनरल इन्स्योरेन्स र ह्याम्स अस्पतालबीच नगदरहित सेवासम्बन्धी सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र ह्याम्स अस्पतालबीच नगदरहित सेवासम्बन्धी सम्झौता



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र ह्याम्स अस्पतालबीच नगदरहित सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र ह्याम्स अस्पतालका कार्यकारी निर्देशक डा. जोतिन्द्र शर्माले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौतापश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमा लेखको सीमा सम्म हयाम्स हस्पिटलबाट नगद रहित हस्पिटलाईजेशन सुविधा प्राप्त गर्न सक्नेछन् ।

साथै ह्याम्स अस्पतालले आफना ग्राहकहरुलाई आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसंग आईजीआई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसंग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशन सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राखेको छ । अस्पतालसंग आवद्ध सदस्यहरुलाई औषधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त सकिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL