Logo

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको मूल्य पनि घट्यो

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको मूल्य पनि घट्यो



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुन तोलामा ५ सय रुपैयाँ बढेर तोलाको ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी आज तोलामा १५ रुपैयाँ घटेको छ ।

यस्तै चाँदी आज तोलाको एक हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL