Logo

मुख्य सचिव रेग्मीको राजीनामा प्रधानमन्त्रीले गरे स्वीकृत, अब को होला मुख्य सचिव ?

मुख्य सचिव रेग्मीको राजीनामा प्रधानमन्त्रीले गरे स्वीकृत, अब को होला मुख्य सचिव ?



काठमाडौं । नेपाल सरकारका मुख्सचिव लोकदर्शन रेग्मीले आफ्नो कार्यकाल सकिनु केही दिन अघि राजीनामा दिएका छन् । रेग्मीको राजीनामा बिहीबारै प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकृत गरेको बालुवाटार स्रोतले जनाएको छ ।

मुख्यसचिव रेग्मीको कार्यकाल कात्तिक ३ गते सकिँदै थियो । उनले कार्यकाल सकिनु दुई साताअघि असोज २२ भन्दा अघि नै राजीनामा गरेकाले सचिवहरु शंकरदास वैरागी, मोहनकृष्ण सापकोटा र केदारबहादुर अधिकारी अब मुख्यसचिवका दावेदार बनेका छन् ।

रेग्मीले असोज २२ पछि राजीनामा दिएको वा कार्यकाल सकिएर अवकाश लिएको भए चन्द्रकुमार घिमिरे, विश्वनाथ ओली र मधुसूदन अधिकारी मुख्यसचिव दावेदार हुने थिए ।

विशेष गरी परराष्ट्रसचिव शंकरदास बैरागीलाई मुख्य सचिव बनाउन लविङ सुरु भएको छ। सचिव बैरागीको कार्यलकाल असोज २२ गते पूरा हुँदैछ। त्यो अगावै वर्तमान मुख्य सचिव रेग्मीलाई राजीनामा गर्न लगाएर बैरागीलाई मुख्य सचिव बनाउने तयारी भएको स्रोतले दाबी गरेको छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सचिव बैरागीलाई मुख्य सचिव बनाउन लविङ गरिरहेको स्रोतको दाबी छ । वर्तमान मुख्य सचिव रेग्मीलाई असोज २२ अगावै राजीनामा गर्न लगाएर अमेरिकाको राजदूत बनाउने र बैरागीलाई मुख्य सचिव बनाउने तयारी भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL