Logo

मंगलबार १५१३ जनामा कोरोना संक्रमण पुष्टि, ७३१ जना डिस्चार्ज

मंगलबार १५१३ जनामा कोरोना संक्रमण पुष्टि, ७३१ जना डिस्चार्ज



काठमाडौं । मंगलबार थप १ हजार ५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५ सय १३ जनामा संक्रमण पुष्टि भएको हो। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७६ हजार २ सय ५८ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७ सय ३१ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ५५ हजार ३ सय ७१ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३ सय ९६ रहेको मन्त्रालयले जनाएको छ। यस दिन १० हजार ८ सय ९१ जनाको पिसिआर परीक्षण भएको छ।

प्रतिक्रिया दिनुहोस्