Logo

नेप्सेको ओरालो यात्रा, ७ अंकले घट्दा १ अर्ब ८२ करोडको कारोबार

नेप्सेको ओरालो यात्रा, ७ अंकले घट्दा १ अर्ब ८२ करोडको कारोबार



काठमाडौं । केही दिनयता ओरालो गति समातेको नेप्से परिसूचक मंगलबार पनि घट्न पुगेको छ । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसूचक बजार बन्द हुँदा ७ दशमलव २१ अंकले घट्न पुगेको हो । मंगलबार बजारमा प्रायःजसो समुहको परिसूचक ओरालो लागेका छन् ।

जसमा सबैभन्दा बढी निर्जीवन बीमा समुहको परिसूचक ४५ र जीवन बीमा समुहको परिसूचक ४३ अंकले ओरालो लागेका छन् । यसैगरी बजारमा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसूचकमा पनि १०।८२ अंकको गिरावट आएको छ । बजारमा व्यापार, माईक्रोफाइनान्स, होटल लगायतका समुहको परिसूचकमा पनि गिरावट आएको छ । तर, घट्दो बजारमा जलविद्युत समुहको परिसूचकमा भने २८ अंकको वृद्धि भएको छ ।

लामो समयदेखि एकदमै न्यून मूल्यमा रहेको जलविद्युत समुहका कम्पनीहरुको सेयरमा लगानीकर्ताको आकर्षण बढ्दा उच्च मूल्य वृद्धि हुने कम्पनीको सूचीमा जलविद्युत कम्पनीहरु पर्न आएका छन् । सामाजिक संजालमा आउने अनाधिकृति सुचना तथा लगानीकर्ताहरु सस्तो सेयर खरिदमा लाग्दा जलविद्युत समुहका कम्पनीहरु उकालो लागेका छन् ।

केही समययता बजारमा कारोबार रकममा पनि गिरावट आउन थालेको छ । दैनिक ३ अर्ब रुपैयाँ माथिको सेयर कारोबार हुँदै आएकोमा मंगलबार १ अर्ब ८२ करोड रुपैयाँमा खुम्चिएको छ । बजारमा दिनभर कुल १९२ कम्पनीको ७२ लाख ८० हजार कित्ता सेयर खरिदबिक्री भएको छ । जसमा अरुण कावेली पावरको प्रतिकित्ता मूल्य १३ रुपैयाँले बढ्दै १७ करोड ३९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL