Logo

नेपाललाई विश्व बैंकको १५ करोड डलर सहयोग, सेवा प्रवाह छिटोछरितो बनाउन देशैभर उपयोग गरिने

नेपाललाई विश्व बैंकको १५ करोड डलर सहयोग, सेवा प्रवाह छिटोछरितो बनाउन देशैभर उपयोग गरिने



काठमाडौं । विश्व बैंकले कोभिडपछि नेपालमा सेवा प्रवाहलाई छिटोछरितो बनाउनका लागि १५ करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ । मंगलबार विश्व बैंकले संघीय नेपाललाई सहयोग पुग्नेगरी सेवा प्रवाहको क्षमता विस्तारका लागि उक्त सहयोग गर्ने घोषणा गरेको हो ।

कोरोना भाईरसको महामारीको अवस्थामा सेवा प्रवाहमा जोड दिनेगरी दिईएको उक्त सहयोगबाट नेपालले फाईदा उठाउन सक्ने मालदिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशिय निर्देशक फरिस हदाद जर्भले जानकारी दिए ।

उनका अनुसार कोरोनाले पारेको प्रभावलाई न्युनिकरणमा समेत उक्त सहयोगले धेरै नै साथ दिनेछ । उक्त सहयोगमार्फत नेपालका विभिन्न गाउँपालिका र नगरपालिकाले फाईदा उठाउन सक्नेछन् । जसमार्फत विभिन्न नगरपालिकाहरुले आफ्नो नागरिकको पहुँचसम्म विकास पुर्याउन र नागरिकलाई सुसुचित पार्न सहयोग पुग्नेछ ।

उक्त सहयोगले नगरपालिकाहरुको वृद्धिविकासमा पनि ठुलो सहयोग पुग्ने विश्व बैंकले जनाएको छ । उक्त सहयोगमार्फत देशभित्रका कम्तिमा पनि २० हजार नागरिकले स्थायी रोजगारी पाउने आशा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL