Logo

अब पाँच डलरमै कोरोना परीक्षण हुने, नतिजा १५ देखि ३० मिनेटमा आइसक्ने

अब पाँच डलरमै कोरोना परीक्षण हुने, नतिजा १५ देखि ३० मिनेटमा आइसक्ने



काठमाडौं। विश्व स्वास्थ्य संगठनले विश्वका कम र मध्य आय हुने देशहरुमा १२ करोड कोरोना परीक्षण गराउने योजना बनाएको छ । संगठनका महानिर्देशक टेड्रोस गेब्रेएसिसले सोमबार यसबारे जानकारी दिएका हुन् ।

औषधी निर्माता कम्पनी ऐबोट एण्ड एसडी बायोसेनरले बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशनसँग मिलेर १२ करोड परीक्षण तयार गर्न सहमति जताएका छन्।

उनले यसका लागि विश्व स्वास्थ्य संगठनले दुई कम्पनिसँग सम्झौता गरेको जानकारी दिए । यो परीक्षण किटमा १५ देखि ३० मिनेटमा नतिजा प्राप्त हुनेछ ।

यसको मूल्य ५ अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँ झण्डै ५८८ पर्नेछ । यो गर्भ परीक्षण गर्ने किट जस्दै देखिन्छ । पोजेटिभ नतिजा देखाउन यसमा दुई नीला धर्काहरु हुन्छन् । कहिलेकाँही परीक्षणको नतिजा आउन एकदेखि दुई दिन पनि लाग्न सक्नेछ ।

यसबाट कम स्वास्थ्यकर्मी र प्रयोगशाला भएका देशलाई फाइदा हुने बीबीसीले आफ्नो खबरमा उल्लेख गरेकोछ । संगठनले यो निर्णयबाट कमजोर मुलुकहरुमा परीक्षणको मात्रा बढ्ने विश्वास लिएको छ ।

सम्झौताअनुसार दुई कम्पनीले ६ महिनाभित्र १२ करोड परीक्षण गरिसक्नेछन् । ‘यो नयाँ उपकरण निकै सजिलै ल्याउन– लान सकिन्छ। यसले नतिजा पनि केही मिनेट ९१५ देखि २० मिनेट० भित्र नै प्रदान गर्दछ,’ डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेडरोसले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL