Logo

काठमाडौं उपत्यकामा जोर–बिजोर कार्यान्वयनमा ट्राफिकको कडाई, १ हजार बढी सवारीमाथि कारवाही

काठमाडौं उपत्यकामा जोर–बिजोर कार्यान्वयनमा ट्राफिकको कडाई, १ हजार बढी सवारीमाथि कारवाही



काठमाडौं । काठमाडौं उपत्यकामा जोर–बिजोर मापदण्ड कार्यान्वयनमा ट्राफिक प्रहरीले कडार्इ गरेको छ ।

केही दिनयता सवारीधनीहरुले जोर–बिजोरको नियम उल्लंघन गर्दै सवारी चलाएपछि
स्थानीय प्रशासनले जारी गरेको जोर–बिजोर प्रणालीलाई थप प्रभावकारी बनाइएको ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम प्रसाद ढकालले बताए ।


मंगलबार बिहानैदेखि जोर बिजोर प्रणालीलाई थप कडाइ गरिएको छ । मुख्य–मुख्य चोकमा कार्यालय समयमा सवारी जाम हुन थालेपछि ट्राफिकले चेकजाँचमा कडाई गरेको हो ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले भदौ २५ बाट लागु हुनेगरी काठमाडौं, भक्तपुर र ललितपुरमा जोर बिजोर प्रणाली लागु गर्ने निर्णय गरेका थिए ।

मंगलबार १२ बजेसम्म ट्राफिक प्रहरी महाशाखाले निर्णय मिचेर चलाइएका १ हजार बढी सवारी साधान होल्ड गरेको जानकारी दिएको छ । तीमध्ये मोटरसाइलक र स्कुटर बढी छन् ।

एसएसपी ढकालले होल्ड गरिएका सवारीलाई साँझ ८ बजे मात्र छाड्ने बताए । उनले कोभिड–१९ संक्रमणको जोखिम भएकाले जोर बिजोर प्रणाली पूर्णरुपमा पालना गरिदिनुहुन सवैलाई अपिल पनि गरे । जोर बिजोर अनुसार कार्यालय, कम्पनी र संघ–संस्थालाई सवारीको व्वस्थापन गर्न पनि ट्राफिक महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्