Logo

लोकल जाँड रक्सी बनाउन दिन सरकारलाई सर्वोच्चको आदेश, यस्तो छ मापदण्ड

लोकल जाँड रक्सी बनाउन दिन सरकारलाई सर्वोच्चको आदेश, यस्तो छ मापदण्ड



काठमाडौं । सर्वोच्च अदालतले लोकल जाँड रक्सी बनाउन दिन सरकारलाई आदेश दिएको छ । सर्वोच्चले विभिन्न मापदण्ड तोकेर बढीमा ५ लिटर घरेलु रक्सी र १० लिटरसम्म जाँड बनाउन दिन आदेश दिएको हो । गत माघमा भएको फैसलाको सोमबार सार्वजनिक पूर्ण पाठमा वर्षमा ६ पल्टभन्दा बढी जाँडरक्सी पार्न नदिन सर्वोच्चले भनेको छ।

न्यायाधीश हरिकृष्ण कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले जनस्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राखी जाँडरक्सीको सीमा तोकिदिएको हो। सर्वोच्चले सरकारका निकायलाई यस विषयमा अनुगमन, नियमन र नियन्त्रणका लागि मौजुदा कानुनमा कडाइ गर्न पनि आदेश दिएको छ।

फैसलामा ‘एकपटकमा पाँच लिटरसम्म रक्सी र दस लिटरसम्म जाँड वर्षमा ६ पटक पाउने भनी कानुनले गरेको व्यवस्थाअनुरूप नै सूचनादाताहरूले उत्पादन गरे÷नगरेको प्रभावकारी अनुगमन गर्ने व्यवस्था मिलाउन भनिएको छ । यस्तै इजाजतपत्रवालाले प्रत्येक बोतलमा अन्तशुल्क टिकट टाँसेको मदिरा मात्र बिक्री गरेको छ वा छैन भन्ने प्रभावकारी अनुगमन गरी कानुनको कार्यान्वयनलाई प्रभावकारी बनाउन पनि सर्वोच्चले दिएको आदेशमा उल्लेअख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL