Logo

मुक्तिनाथ रेमिटको सेवा अब अष्ट्रेलियाबाट पनि, नेपालमा ४ हजार बढी एजेन्टमार्फत पैसा प्राप्त गर्न सकिने

मुक्तिनाथ रेमिटको सेवा अब अष्ट्रेलियाबाट पनि, नेपालमा ४ हजार बढी एजेन्टमार्फत पैसा प्राप्त गर्न सकिने



काठमाडौं । मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट मुक्तिनाथ रेमिटले अष्ट्रेलियाबाट पनि रेमिट सेवा सञ्चालन गरेको छ । अष्ट्रेलियामा रहेका नेपालीहरुले अष्ट्रेलियामा रहेको मुक्तिनाथ रेमिट अष्ट्रेलियाको कार्यालय तथा मुक्तिनाथ रेमिट अष्ट्रेलियाको वेबसाईटमा लगईन गरी वा मोबाईल एप्स बाट नेपालमा रहेका कुनैपनि बैंकको खातामा रकम पठाउन सक्नेछन् ।

साथै मुक्तिनाथ रेमिट मार्फत पठाएको पैसा नेपालमा रहेको मुक्तिनाथ रेमिटको ४ हजारभन्दा बढी एजेन्ट मार्फत पनि प्राप्त गर्न सकिनेछ ।

कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ कारोबार प्रोत्साहन गर्न बैंकको ग्राहकले भिसा नेटवर्कअन्तर्गत जुनसुकै बैंकको एटिएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्