Logo

साताको पहिलो दिन घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साताको पहिलो दिन घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य ६ रुपैयाँ प्रतितोलाका दरले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार कायम मूल्यबाट प्रतितोला ६ सय रुपैयाँका दरले घटेको हो ।

आइतबार छापावाल सुनको मूल्य ९३ हजार ३ सय रुपैयाँ प्रतितोला कायम भएको महासंघले जानकारी दिएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ रहेको महासंघले जानकारी दिएको छ । यसअघि शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँ रहेको थियो ।

महासंघका अनुसार आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार कायम मूल्यबाट प्रतितोला १० रुपैयाँका दरले घट्दै चाँदीको मूल्य प्रतितोला ११ सय ५० रुपैयाँ कामय भएको छ । यसअघि शुक्रबार चाँदीको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL