Logo

शनिबार १,२०७ जना नयाँ संक्रमित थपिए, देशभर संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुग्यो

शनिबार १,२०७ जना नयाँ संक्रमित थपिए, देशभर संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुग्यो



काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या निरन्तर रुपमा बढेको बढ्यै छ । यसैबीच गत २४ घण्टामा विभिन्न जिल्लामा १ हजार २ सय ७ जना नयाँ संक्रमित थपिएका छन् ।

शनिबार ९आज० नियमित कोरोना ब्रिफिङ्गमार्फत् स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले दिएका जानकारीअनुसार देशैभर १ हजार २ सय ७ जनामा संक्रमण पुष्टि भएको हो ।

आजको थप अपडेटसँगै देशभर संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको बताए । संक्रमितमध्ये ५३ हजार १३ जना निको भएर घर फर्किएका छन् भने ४ सय ६७ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL