Logo

काठमाडौं उपत्यकाका ६४५ जनामा कोरोना संक्रमण पुष्टि, २ संक्रमितको मृत्यु

काठमाडौं उपत्यकाका ६४५ जनामा कोरोना संक्रमण पुष्टि, २ संक्रमितको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ सय ४५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ५ सय ३, ललितपुरका ९१ र भक्तपुरका ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ । काठमाडौंकी ७५ वर्षीया महिला र ललितपुरका ५१ वर्षीय पुरुषको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्