Logo

शुक्रबार कोरोनाका १३१३ संक्रमित थपिए, मृतक ६ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रबार कोरोनाका १३१३ संक्रमित थपिए, मृतक ६ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौंं । शुक्रबार थप १ हजार ३ सय १३ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७० हजार ६ सय १४ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५५ जना कोरोनाबाट निको भएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको संख्या ५१ हजार ८ सय ६६ पुगेको छ। कुल संक्रमितमध्ये निको हुनेको दर ७३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २ सय ८९ रहेको छ।

यस्तै आज मृतक थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म मृतक ४ सय ५९ जनामा कोरोना देखिएको छ। यस दिन १२ हजार २ सय ६२ जनाको पिसिआर परीक्षण भएको छ।

प्रतिक्रिया दिनुहोस्