Logo

सुनको मूल्य ८ सयले बढ्यो, प्रतितोला ९३ हजार ९०० मा कारोबार

सुनको मूल्य ८ सयले बढ्यो, प्रतितोला ९३ हजार ९०० मा कारोबार



काठमाडौं । साताको अन्तिम दिन सुनको मुल्य बढ्न पुगेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी मसहांघका अनुसार शुक्रबार सुन प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । जबकि बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ थियो ।

यसैगरी बजारमा चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेर १ हजार १ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ ।

पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा भएको उतारचढावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्य दैनिकजसो घटवढ भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्