Logo

बिहीबार १४९७ जनामा कोरोना संक्रमण पुष्टि, १७ जनाको मृत्यु

बिहीबार १४९७ जनामा कोरोना संक्रमण पुष्टि, १७ जनाको मृत्यु



काठमाडौं । बिहीबार थप १ हजार ४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ६९ हजार ३ सय १ पुगेको छ।

यस अवधिमा कोरोनाबाट ४ सय ५७ जना निको भएका छन्। हालसम्म ५० हजार ४ सय ११ जना कोरोनाबाट निको भई घर फर्केका छन् । मन्त्रालयका अनुसार अहिले देशभर १८ हजार ४३७ जना सक्रिय संक्रमित रहेका छन्।

त्यस्तै मृतक थप १७ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म मृतक ४५३ जनामा कोरोना पुष्टि भएको छ। यस दिन कुल ११ हजार ४४९ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्