Logo

कोरियन स्वादको स्वदेशी हटपट चाउचाउ (रामेन) बजारमा, श्रृखंला खतिवडा ब्राण्ड एम्बेसेडर

कोरियन स्वादको स्वदेशी हटपट चाउचाउ (रामेन) बजारमा, श्रृखंला खतिवडा ब्राण्ड एम्बेसेडर



काठमाडौं । पोखरा नुडल्स प्रालिले फरक स्वादको हटपट चाउचाउ (रामेन) बजारमा ल्याएको छ । लामो समयको अनुसन्धान पछि पोखरा नुडल्सले फरक स्वादको हटपट चाउचाउ बजारमा ल्याएको जनाएको छ ।

उपभोक्ताको रोजाइलाई मध्यनजर गर्दै अन्तरराष्ट्रिय स्तरको हटपट सिरिजका ब्राण्डहरुको पहिलो प्रस्तुति बजारमा भित्र्याइएको सो कम्पनीले जनाएको छ ।

अथेन्टिक कोरियन चाउचाउको स्वाद बढी रुचाइएकोले नेपाली बजारमा पहिलो पटक नेपाली र अथेन्टिक कोरियन स्वादको समिश्रणको रुपमा हटपट चाउचाउ ९रामेन० बनेको पोखरा नुडल्स प्रालिका अध्यक्ष श्रीराम पाण्डेले बताए ।

अध्यक्ष पाण्डेले भने, ‘करिव ढेड वर्षको अनुसन्धानपछि यो चाउचाउ बजारमा ल्याएका छौं । कम्पनीले हाल दुइ संस्करणमा हटपट चाउचाउ बजारमा ल्याएको छ ।’

पहिलो हटपट चिकन गोरमेट स्पाइसी सुपी नुडल्स हो । जुन झोल बनाएर खाने सुपी नुडल्सका रुपमा लिइन्छ । यो खासै पिरो छैन । त्यसैले सबै उमेरका ब्यक्तिहरुलाई यो सुहाँउदो छ । यसमा सिजनिङ पाउडर सँगसँगै ड्राइ भेजिटेवलको प्याकेट हुन्छ ।

दोस्रो हटपट टु एक्स स्पाइसी हो । जुन पकाएको पानी फ्याँकेर चाउचाउलाई सुख्खा बनाइ स्पाइसि पेष्ट एवम रोस्टेड फ्लेक्स मोलेर खाने गरिन्छ । टु एक्स स्पाइसी मिठो साथै अलि पिरो मन पराउनेहरुका लागि बनेको हो । दुई थरीकै हटपट प्रति प्याकेट सय ग्राम छ भने उपभोक्ता मुल्य प्रति प्याकेट ५० रुपैयाँ कायम गरिएको छ ।

हटपट सिरिजअन्र्तगत अहिले गोरमेट स्पाइसी चिकेन र टु एक्स स्पाएसी ल्याएकोमा अबको एक महिनामा गोरमेट स्पाइसी भेजिटेवल ल्याउने तयारी कम्पनीले गरेको छ । गोरमेट स्पाइसी भेजिटेवल शाकाहारीका लागि हो । तर यसको स्वाद पनि सबै खालका ग्राहकहरुले मनपराउने विश्वास कम्पनीको छ ।

यसै आर्थिक वर्ष भित्र अरुपनि थप नया फ्ल्वेरमा हटपट सिरिजका अन्य उत्पादनहरु ल्याउने गरी प्रडक्ट डेभलपमेन्टको काम भइरहेको कम्पनीले बताएको छ । यसरी विभिन्न स्वादका तयार भएपछि अन्तरराष्ट्रिय बजारमा निर्यात गर्ने योजनापनि भएको अध्यक्ष पाण्डेले बताए।

सफ्ट लन्चिङ्गको पहिलो चरणमा पोखराको बजारमा सार्वजनिक गरी डिपार्टमेन्टल स्टोर एवम् किराना पसलहरुमा यो चाउचाउ उपलब्ध गराईएको छ । काठमाडौं उपत्यकाको हकमा भने भाटभटेनी, विगमार्ट, डेलि ग्रोसरी, स्तुती मार्ट लगायत अन्य सिंगल आउटलेट मार्ट हरुमा पनि गएर किन्न सकिन्छ ।

साथै अनलाइनमा दराज र ग्यापुबाट समेत किन्न सकिन्छ । लकडाउनले गर्दा काठमाडौं उपत्यकाकां सबै क्षेत्रमा यो चाउचाउ पुर््याउन नसकिएको तर अब दशैं भन्दा अगाडि सहजै सबै क्षेत्रमा किन्न पाइने गरी बजार बिस्तार गरिरहेको कम्पनीले बताएको छ । उपत्यकाका साथै देशका विभिन्न स्थानमा पनि चाउचाउ पुर्याउने तयारी भइरहेको छ ।

पूर्व मिस नेपाल श्रृखला खतिवडा ब्राण्ड एम्बेस्डरमा अनुबन्धित

कम्पनीले हटपट नुडल्स सिरिज सबै उत्पादनहरुको लागि पूर्व मिस नेपाल श्रृखला खतिवडालाई अनुवन्ध गरेको छ । सबै उमेर र क्षेत्रका नेपालीहरुको माझमा लोकप्रिय भएको र यी उत्पादनहरु भविष्यमा नेपाल बाहिर पनि निर्यात गर्ने योजना भएकाले अन्र्तराष्ट्रिय स्तरमा पहिचान भएकी खतिवडालाई नियुक्त गरेको अध्यक्ष पाण्डेले बताए ।

हटपट चाउचाउ सिरिजको ब्राण्ड एम्बेसडर बनेपछि प्रतिक्रिया दिदैँ खतिवडाले भनिन्, ‘ हटपट नुडल्स स्वाद र गुणस्तरमा विश्वस्तरिय छ । पहिले महंगो पैसा तिरेर अरु अन्तर्राष्ट्रिय ब्राण्डहरु नै खोज्नुपथ्र्यो भने अब हटपटले अत्यन्त सुलभ मुल्यमा नेपालमै त्यहि गुणस्तर उपलब्ध गराउँदै छ । हटपटले नेपाली नुडल्सलाई अन्तराष्ट्रिय स्तरमै अझै प्रख्यात बनाउनेछ भन्ने विश्वास लिएको छु ।’

पोखरा नुडल्ड प्रालि २०४८ सालमा दर्ता भएको हो । पोखरामा अवस्थित यस उद्योग आफ्नो उत्पादन भने २०५१÷५२ सालबाट उत्पादन शुरु गरेको हो। नेपाली बजारमा चाउचाउको अनुभवी टिम पोखरा नुडल्ससँग छ । रम्बा, बोनस, जोजो यस नुडल्सका चर्चित चाउचाउ ब्राण्ड हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL