Logo

२५ हजार सक्रिय संक्रमित पुगेमा पुनः लकडाउन गर्ने तयारी, स्वास्थ्य मन्त्रालयले सिफारिस गर्ने

२५ हजार सक्रिय संक्रमित पुगेमा पुनः लकडाउन गर्ने तयारी, स्वास्थ्य मन्त्रालयले सिफारिस गर्ने



काठमाडौं । सरकारले अब २५ हजार बढी सक्रिय संक्रमित पुगेपछि पुनः लकडाउन गर्ने तयारी गरेको छ । २५ हजार सक्रिय संक्रमित पुगेपछि स्वास्थ्य पूर्वाधारको समस्या हुने भन्दै स्वास्थ्य मन्त्रालयले २५ हजार भन्दा बढी सक्रिय संक्रमितको संख्या पुगेमा लक डाउन गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबार नियमित कोरोना अपडेटमा बोल्दै मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार भन्दा बढी संक्रमित भएमा लकडाउन गर्न सिफारिस गरेको हो । २५ हजार भन्दा बढी संक्रमित भएमा स्वास्थ्य पूर्वाधारको समस्या हुने भएकाले लक डाउनको सिफारिस गरिएको उनले बताए ।

अहिले १७ हजार ४ सय १४ जना सक्रिय कोरोना संक्रमित छन् । अब ८ हजार सक्रिय कोरोना संक्रमित पुगेमा पुनः लकडाउन गर्न सिफारिस गर्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL