Logo

सुनको मूल्य घट्दो क्रममा, हिजो १७ सयले घटेको सुन आज प्रतितोला १२ सयले घट्यो

सुनको मूल्य घट्दो क्रममा, हिजो १७ सयले घटेको सुन आज प्रतितोला १२ सयले घट्यो



काठमाडौँ । नेपाली बजारमा बुधबार पनि सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १२ सयले घटेर प्रतितोला ९४ हजार ३ सयमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला १७ सय रुपैयाँले घटेको थियो ।

यसअघि मंगलबार सुन तोलाको ९५ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ८ सयमा कारोबार भइरहेको छ ।

त्यसैगरी बुधबार चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेर तोलाको ११ सय ९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL