Logo

आजदेखि लामो दूरीमा पनि साझा बस चल्दै, यस्तो छ रुट

आजदेखि लामो दूरीमा पनि साझा बस चल्दै, यस्तो छ रुट



काठमाडौं । साझा यातायातले आज (बुधबार) देखि लामो दूरीका बस चलाउने भएको छ । आजदेखि बस सेवा शुरु हुने साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए ।

उनका अनुसार काठमाडौं–पोखरा–कुस्मा–बाग्लुङ र बुटवल–भैरहवा–सुनौली रुटमा बस चल्नेछ । यस्तै सरकारले तोकेको भाडादर र स्वास्थ्य मापदण्ड पालना गर्दै बेलुकी ७ बजे नयाँ बसपार्कबाट र साढे ७ बजे कलंकीबाट बस छुट्ने छ ।

यसअघि साझाको लामो दूरीको बस सेवा कोरोना भाइरस सङ्क्रमणको जोखिम कम गर्न सरकारले यातायात सञ्चालनमा रोक लगाएसँगै रोकिएको थियो ।

यात्रुले साझाको कार्यालय हरिहरभवन, नयाँ बसपार्क वा ई–सेवाबाट टिकट काट्न सक्ने व्यवस्था रहेको साझा यातायातले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL