Logo

साझा यातायातले भोलिबाट लामो दूरीका गाडी चलाउने, यसरी लिन सकिन्छ टिकट

साझा यातायातले भोलिबाट लामो दूरीका गाडी चलाउने, यसरी लिन सकिन्छ टिकट



काठमाडौं । साझा यातायातले भोलीबाट लामो दुरीका गाडी चलाउने भएको छ । साझाले बुटवल–भैरहवा–सुनौली र काठमाडौं–पोखरा–कुस्मा–बाग्लुङ रुटमा गाडी चलाउने बताएको छ ।

साझाले कोरोना संक्रमणमा सचेत अपनाई सामाजिक दुरी कायम गर्दै लामो दुरीमा पनि यातायात सञ्चालनमा ल्याउन लागेको हो । भोलि साझ ७ बजे बाग्लुङको र सवा ७ बजे सुनौलीको गाडी हरिहरभवन–नयाँ बसपार्क हुँदै छुट्नेछ ।

साझाले दुवै गन्तब्यमा जाने र आउने गरी २–२ वटा गाडी संचालन हुने बताएको छ । यात्रुले साझाको कार्यालय हरिहरभवन, नयाँ बसपार्क वा ई–सेवाबाट टिकट काट्न सकिनेछ । नेपाल सरकारले तोकेअनुसार गाडीको भाडा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL