Logo

नेपाली बजारमा एकैदिन ह्वात्तै घट्यो सुनको भाउ, कतिमा हुँदैछ आज कारोबार ?

नेपाली बजारमा एकैदिन ह्वात्तै घट्यो सुनको भाउ, कतिमा हुँदैछ आज कारोबार ?



काठमाडौं । केही दिनयता मूल्यमा सामान्य घटबढ भइरहेको सुनको मूल्य नेपाली बजारमा आज एकैपटक १७ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९५ हजार ५ सयमा कारोबार भइरहेको छ । यो सोमबारको भन्दा १७ सयले कम हो ।

यस्तै आज तेजावी सुन तोलामा ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य भने आज प्रतितोला ९० रुपैयाँले घटेको छ ।

महासंघका अनुसार चाँदी आज प्रतितोलामा १,२३० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL