Logo

प्रधानमन्त्रीले बिहानै बोलाए मन्त्रिपरिषद् बैठक, विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिबारे छलफल हुनसक्ने

प्रधानमन्त्रीले बिहानै बोलाए मन्त्रिपरिषद् बैठक, विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिबारे छलफल हुनसक्ने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहानैका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकाल थप गर्ने लगायतका विषय छलफल गर्न आज बिहान साढे ९ बजे बैठक डाकेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

सोमबार साँझ बालुवाटारमा प्रधानमन्त्री ओलीकै अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले प्राधिकरणको म्याद एक वर्षले थप गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो ।

निर्देशक समितिको उक्त सिफारिसलाई मन्त्रिपरिषदबाट अनुमोदन गर्ने तयारी छ । यस्तै, नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति तथा विभिन्न देशमा रिक्त राजदूत सिफारिसका विषयमा पनि निर्णय हुन सक्ने एक मन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL