बिजखबर संवाददाता
११ असोज, काठमाडौं । लघु, घरेलु तथा साना उद्योगीले असल व्यवसायिक अभ्यासका लागि सरकार पनि उत्तिकै जिम्मेवार रहेको बताएका छन् । उनीहरुले व्यवसायिक संस्कार सुधारका लागि निजी क्षेत्रका साथै सरकारी कर्मचारी समेत जिम्मेवार हुनुपर्ने बताएका हुन् ।
एनसेलको सहयोग र ट्रान्सपरेन्सी ईन्टरनेसनल नेपाल तथा घरेलु तथा साना उद्योग महासंघद्वारा सोमवार काठमाडौंमा आयोजित अन्र्तक्रिया कार्यक्रममा उनीहरुले असलव्यवसायीक संस्कारमा बाधक रहेका कानून तथा आचरणमा सुधारका लागि अनुरोध समेत गरे ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष सुरेश प्रधानले भने व्यवसायीका साथै कर्मचारीको आचरणमा समेत सुधार आउनुपर्ने बताए । व्यवसायी आफैंले पनि र सरकारी निकायमाकार्यरत सबैले जवाफदेहि भएर कामगर्ने परिपाटिको विकास गर्नु पर्नेमा उनले जोड दिए । ‘सानाउद्योगीले एकै किसिमका कच्चा पदार्थका लागि विभिन्न भंसारमा फरक फरक दरमा महसुल तिरीरहेको अवस्था छ अर्थात फरक कर कार्यालयले फरक कर तिराई रहेको अवस्था छ’ उनले भने, ‘नितीले प्रदान गरेको यस्तो कर्मचारीको स्वविवेकिय अधिकारको अन्त्य हुनुपर्छ, ।’
उद्योगी व्यवसायीले भ्रटाचार मौलाउनुमा नीजि क्षेत्रलाई मात्र जिम्मेवार बनाउन नमिल्ने जिकिर गर्दै भ्रष्टाचार अन्त्यगर्न राजनीतिकदल, प्रशासन, प्रहरी र नागरिकमापनि सुधार हुनु पर्नेमाजोड दिए । अव्यवहारिक तथा अस्पष्ट कानूनीप्रावधान, अपारदर्शी प्रकृया र अनिर्णयको जवाफदिन नपर्ने प्रवृत्तीले असल व्यवसायीक संस्कारको विकासमा चुनौति दिईरहेको ईंटा व्यवसायी महेन्द्र बहादुर चित्रकारले बताए ।
ट्रान्सपरेन्सी ईन्टरनेसनल नेपालका अध्यक्ष भरत बहादुर थापाले व्यवसायमा असल संस्कार बसाउन सके भ्रष्टाचारको ‘सप्लाई साईड’ (आपूर्ती पक्ष)सम्बोधनहुने र यसले भ्रष्टाचारसमेत घट्ने संसारभरको अनुभव रहेको बताए ।
एनसेलका कर्पोरेट संवाद विज्ञ मिलनशर्माले भ्रष्टाचार अत्यन्त गम्भीर समस्या रहेको बताउँदै यसको निराकरणमा व्यापारीक क्षेत्रको पनि महत्वपूर्ण जिम्मेवारी रहने बताए । ‘एनसेलले ट्रान्सपरेन्सी ईन्टरनेसनल नेपालको उपस्थितिमाकुनै पनि विभिन्न प्रकारका भ्रष्टाचारमा संलग्न नहुने तथा व्यापारका सम्पूर्ण पक्षमा व्यवसायिक सुशासन तथा जवाफदेहिता सुनिश्चित गर्ने कटिवद्धता व्यक्त गर्दै सदाचार प्रतिवद्धता गरेको छ’ उनले भने, ‘यसमा हामीले स्पष्टरुपमा पोलिटिकल डोनेसन (राजनीतिकचन्दा) नदिने तथा राज्यको कर लगायत अन्यकानूनको पूर्ण पालनागर्ने प्रतिवद्धता जनाएका छौं ।’