Logo

एकैदिन थपिए २०२० कोरोना संक्रमित, ७ जनाको मृत्यु

एकैदिन थपिए २०२० कोरोना संक्रमित, ७ जनाको मृत्यु



शुक्रबार काठमाडौं । शुक्रबार देशभर २ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा एकै दिन २ हजार २० जना संक्रमित थपिएको पहिलो पटक हो। यीसहित हालसम्म देशभर संक्रमितको संख्या पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८ सय ७१ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ४३ हजार ८ सय २० पुगेको छ। हाल देशभर १७ हजार ३ सय ८३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

यस्तै आजै मृतक थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यीसहित हालसम्म मृतक ३ सय ९० जनामा कोरोना देखिएको छ। पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ५८ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ८ लाख ९४ हजार जनाको पिसिआर परीक्षण भएको छ।

प्रतिक्रिया दिनुहोस्