Logo

सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । पछिल्लो समय घटबढ भईरहेको सुनको मूल्य शुक्रबार उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार बिहिबार प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुन शुक्रबार बढ्दै प्रतितेला ९७ हजार रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य १ हजार ३ सय ३० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्